फिल्म ‘ रिभेन्ज ’ टिजर रिलिज

फिल्म रिभेन्ज ’ को टिजर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको टिजरमा कलाकार रविन श्रीलाई केन्द्रमा राखिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा मोहन गमालको प्रस्तुति रहेको छ ।

प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निमार्ण गरिएको फिल्मलाई अमन कुमार देवले निर्माण गरेका हुन् । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको फिल्ममा फिल्ममा रोशन बिसी ,रविन श्री, रेनु थापा, विशाल अग्रवाल , खगेन्द्र घिमिरे ,गगां कुवर, पदम सुनार र अम्बिका खड्का को अभिनय रहेको छ ।

त्यस्तै, कृष्ण पाण्डेको छायांकन देव महर्जनको द्वन्द ,राजन महर्जनको नृत्य सानू हबिकको ड्रोन विस्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ । शंकर अधिकारी घायल, सुभास गौतम ,हरि मान्धर विवसको गीत सन्तोस प्रगाढ , पूर्ण सापकोटा ,राजु लामाको संगीतमा नित्याशिवा,दिपक लिम्बू पुर्ण सापकोटा , दिलु श्रेष्ठको स्वर सुन्न सकिन्छ ।