‘विन्टर फिल्म अवार्ड’मा छानियो नेपाली हरर फिल्म ‘कठपुतली’

नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छानिएको छ । आगामीे सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छानिएको हो ।

अमेरिकामै रहेका यस फिल्मका निर्देशक भिमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्म छनौट भएको बताएकी छन् । यो फिल्म अवार्ड न्यूयोर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा फेस्टिभलको आयोजना हुँदैछ ।

फिल्म ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायत कलाकारहरुरको अभिनय रहेको छ । फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । यो फिल्म पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको हो ।