किरण केसीलाई ‘वासुदेव लुइँटेल पुरस्कार’

हास्यकलाकार किरा केसी (रातामकै’लाई यस बर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने भएको छ । ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ को बसेको बैठकले कलाकार केसीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्र सहित केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
हास्यब्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा योगदान पुर्याए बापत प्रदान गरिदै आएको पुरस्कार यो पुरस्कार वासुदेव लुइँटेलको जन्मदिनको दिन कलाकार किरणलाई गर्ने आयोजनकले बताएको छ ।