नेपाली फिल्ममा नेपोटिज्म छैन : भुवन केसी

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्यापछि बलिउड र कलिउडमा चर्को रुपमा नेपोटिज्मको बहस चल्यो । त्यहाँ ठुलै यसबारेमा चर्काचर्की समेत भएको थियो भने अझै पनि बेला बेलामा कुरा उठिरहेकै हुन्छ । नेपालमा पनि केहि कलाकारहरुले नेपाली फिल्म क्षेत्रमा समुहगत र नातावाद फिल्म क्षेत्रमा रहेको भन्दै चर्को आवाज उठाएका थिए ।

यो विषयमा अभिनेत्री नम्रता सापकोटाले नेपाली फिल्म इन्डस्ट्रीमा पनि नेपोटिज्म रहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस र विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिएकी थिइन् । यो बहसको विषयको सुरुवात गरेकी नम्रताले गरेकी थिइन् । त्यसले निकै चर्चा समेत पाएको थियो भने केहि कलाकारको आलोचना समेत भएको थियो । पछिल्लो समय नेपोटिज्म र समुहगतको कुरा सेलाएको थियो । किनभने फिल्म क्षेत्र ठप्प भएपछि यसबारेमा कुनै कलाकारले बोलेका थिएनन् ।

तर, अभिनेता भुवन केसीले यस बारेमा अभिनेता भुवन केसीले नेपोटिज्म र ग्रुपिज्मको बारेमा बोलेका छन् । उनले शनिवार आफू अभिनीत गीत ‘सम्झिने पानी छम्कीने’बोलको गीतको भिडियो सार्वजनिक कार्यक्रममा नेपोटिज्मका बारेमा मुख खोलेका छन् । उनले आफु अभिनित गीतको रिलिजको समयमा नेपाली फिल्म इन्डस्ट्रीमा नेपोटिज्म नरहेको दाबी गरेका छन् ।

उनले नेपालमा नेपोटिज्म छ भन्नु एकदमै गलत कुरा भएको बताए । उनले अभिनेत्री नम्रता सापकोटातर्फ इक्कित गर्दै भने,‘ नेपाली फिल्ममा नेपोटिज्म छैन । यो कुरा एक–दुई जनाले हल्ला फिँजाएर अन्तर्वार्ता दिएर रमाउनका लागि बोलेका मात्र हुन् ।’

उनले कार्यक्रममा निर्माताले आफ्नो लगानी फिर्ता गर्ने कलाकारसँग काम गर्न चाहने गरेको बताउँदै लगानी फिर्ता गर्न नसक्ने कलाकारलाई लिन नसकेको दाबी गरे । उनले फिल्म निर्माणका लागि करोडौ रुपैया खर्च हुने भएकाले लगानी असुरक्षित हुने कलाकारलाई निर्माताले लिन नसक्ने बताए ।

उनले भने,‘ लगानी फिर्ता नहुने कलाकारलाई निर्माताले लिँदैन । जो व्यक्तिले यस्तो कुराहरु फैलाइरहेको छ, त्यो व्यक्तिमा निर्माताको लगानी फिर्ता गर्ने दम छ ? यदी उहाँले खेलेको फिल्मले ३÷४ करोड कमाउँछ भने उहाँलाई म ५० लाख दिएर फिल्म खेलाउँछु । तर, २० लाख पनि कमाउँदैन भने कसैले लिँदैन । गुमाउनका लागि कसैले फिल्म बनाउँदैन । त्यसैले नेपोटिज्म हल्ला मात्र हो ।’

गत वर्ष अभिनेत्री नम्रता सापकोटाले नेपालमा नेपोटिज्म र ग्रुपिज्मको बाहुल्यता रहेकोले राम्रा कलाकार विस्तापित भइरहेको बताएकी थिइन् । जसका कारण नम्रता चर्चामा रहेकी थिइन् । त्यहि कुरालाई आज उनी अभिनित गीतको भिडियो सार्वजनिक कार्यक्रममा नेपोटिज्मको बारेमा आफ्नो धारणा राखेका थिए ।