सस्कृति बिगार्ने गीत सार्वजनिक गरेको भन्दै दुर्गेशलाई बहिस्कारको तयारीमा प्रतिष्ठान

गायक तथा मोडल दुर्गेश थापालाई बहिस्कार गर्ने तयारी भइरहेको छ । उनले हालै बजारमा ल्याएको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ले सस्कृतिमाथी नै प्रसार भएकोले बहिस्कार गर्ने चेतावनी लोक तथा दोहारी गीत प्रतिष्ठानले दिएको छ । उनको यो गीत सार्वजनिक भएपछि सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ ।

उनको यो गीत सुन्ने स्रोता–दर्शकहरुले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको आरोप लगाएका छन् । उनीहरुले सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउन माग गर्दै ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को समेत आलोचना गरेका छन् । उनीहरुले लोक तथा दोहोरी गीत प्रतिष्ठान के हेरेर बसेको छ ?भन्दै प्रतिष्ठानको समेत आलोचना गरेका छन् । सबैबाट आलोचित बन्न थालेपछि प्रतिष्ठानले दुर्गेशलाई बहिस्कार गर्ने चेतावनी दिएको हो । सबै कुरा पैसामात्र ठुलो नभएको भन्दै कलाको सम्मान गर्न प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

तीजका गीतमा उत्ताउलो खाल्का नओस् भने केहि महिना अघिनै प्रतिष्ठानले बिकृति आउने खाल्का गीत नल्याउन कलाकारसासु आग्रह गरेको थियो । तर, प्रतिष्ठानको आग्रहलाई वेवास्ता गरेको भन्दै दुर्गेशलाई संस्थागत रुपमा बहिस्कार गर्ने विज्ञप्तीमा भनिएको छ ।
यस्तो खाल्को गीत नल्याउन प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई वेवास्ता गर्दै गीत ‘ख्यास पुतली’ सार्वजनिक गरेका थिए ।