यसरी मनाईन् नम्रताले आफ्नो जन्मदिन

मिस नेपाल नम्रता श्रेष्ठले आफ्नो जन्मदिन धुमधामका साथ मनाएकी छन् । मिस वर्ल्डको आगामी संस्करणमा भाग लिने तयारीमा रहेकी नम्रताले यसैसाता आफु निकटका साथीसँग जन्मदिन मनाएकी हुन् । उनले काठमाडौकोे माया म्यानर बुटिक होटलमा उनले आफू निकटकालाई निम्तो गरेर उनले बर्थडे गेट–टुगेदर आयोजना गरेकी हुन् ।

उनको बर्डेमा मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सन्ध्या शर्मा लगायतको उपस्थित रहेको थियो । अहिले नम्रता मिस वल्र्डको तयारीमा जुटेकी छन् । व्यूटी अफ पर्पस र मल्टिमिडिया विधामा जित हासिल गर्न उनी जोडतोडले लागि परेकी नम्रताले सामाजिक संजालमार्फत भोट मागिरहेकी छन् ।

उनले केहि साता अघि धादिङमा धादिङमा एक झोलुंगे पुल निर्माण निर्माण घोषणा गरेकी थिइन् । अहिले जसको निर्माण कार्य तिब्र गतिमा भैरहेको छ ।