पुर्वमन्त्री योगेश भट्टराईले मागे भरतमणीलाई भोट

रियालिटी शो ‘कमेडी च्याम्पियन २’ अहिले च्याम्पियनको नजिक पुगेको छ । अहिले प्रतिष्पर्धिका लागि भोट माग्नेक्रम जारी रहेको छ । उपाधिका लागि ५ प्रतिस्पिर्धीहरु भिडन्त उत्रिएका छन् ।

यसैबीच दोस्रो सिजनमा निकै चर्चामा रहेका प्रतिस्पर्धी भरतमणी पौडेललाई जिताउनका लागि एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा भोट मागेका छन् । उनले भरतमणीलाई ‘हास्यव्यंग्य क्षेत्रको उदाउँदो मणि’ भन्दै सबैसामु भोट मागेका हुन् । आफै जिल्लावासी समेत रहेको भन्दै उनले भोटमा कन्ज्युँसाइ नगर्ने तर्क गरेका छन् ।

भर्खरै उनले लेखेका छन्, ‘कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछाँयामा हाम्रै गाउँ र घरमा हुर्केबढेका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय त छँदैछन्, त्यो भन्दा बढी यिनी प्रतिभाशाली छन् । त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत् होस्टेमा हैंसे गर्दा सबै नेपाली दिदिबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूती गर्नुहुनेछ ।’

उनले यो आफ्नो व्यक्तिगत अनुभूति मात्रै भएको योगेशले उल्लेख गरेका छन् । भरतमणीका लागि भट्टराईले यसअघि नै १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरिसकेका छन् भने ताप्लेजुङका विभिन्न निकायबाट ६ लाख रुपैयाँ दिने घोषणा भएको छ ।

त्यस्तै केही दिनअघि सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आफ्नै क्षेत्रका प्रतिस्पर्धी विक्की अग्रवाललाई भोटिङका लागि पाँच लाख भारु सहयोग गरेका थिए । कमेडी च्याम्पियनका आस लाग्दा प्रतिष्पर्धिका रुपमा चिनिएका विक्कीलाई भोट गरेर जिताउन उनले आफ्नो समुदायमा समेत आह्वान गरेका थिए । उनले सो रकम विक्कीलाई घरमै पुर्याउदै विक्कीलाई जिताउन आग्रह गरेका थिए ।