हलिउड सुपरस्टार ड्वेन जोनसनले ‘फास्ट एन्ड फ्यूरियस’ को नै सिरिजमा काम नगर्ने
हलिउड सुपरस्टार ड्वेन जोनसन ‘द रक’ ले अब ‘फास्ट एन्ड फ्यूरियस’ फिल्मको कुनै सिरिजमा काम नगर्ने घोषणा गरेका छन् । सन् २०१७ मा अभिनेता विन डिजलसँग झगडा भएपछि उनले यो फिल्मको सिरिजमा काम नगर्ने निर्णय गरेका हुन् । विनसँगको झगडाकै कारण ड्वेन जोनसनले ‘फास्ट एन्ड फ्युरियस ९’ मा काम गरेनन् ।
एक अन्तर्वार्तामा विनले ड्वेनलाई आफूले अभिनय सिकाएकाले राम्रो अभिनय गर्ने गरेको बताएका थिए । जसको जवाफ ड्वेनले आफ्नै अन्दाजमा दिएका छन् । उनले भनेका छन्, ‘यो सुन्दा म निकै हाँसेको थिएँ । मलाई लाग्छ कि सबैले यो कुरा सुनेर धेरै हाँसे होलान् । म यो कुरालाई यही छाड्न चाहन्छु ।’ उनले आफू विना हुने ‘फास्ट’ को नयाँ सिरिजका लागि शुभकामना दिएका छन् ।
सन् २०११ देखि उनी यो सिरिजको हिस्सा थिए । ड्वेनले २०११, २०१३ र २०१५ को ‘फास्ट एन्ड फ्यूरियस’ मा अभिनय गरेका थिए । ल्यूक हब्सको चरित्रमा उनले दर्शकको मन जितेका थिए । अब उनले यो फिल्मको नयाँ सिरिजमा काम नगर्ने घोषणा गरेपछि दर्शक निराश भएका छन् । एक्सन भूमिकामा निकै रुचाइएका उनले ‘बेवाच, जुमान्जीस् वेलकम टु द जंगल, स्काइस्क्यापर, जर्नी २’ लगायतका फिल्ममा काम गरिसकेका छन् ।
प्रतिक्रिया