बुहारीको बचाउमा प्रियंकाकी सासु

फिल्म क्षेत्रमा आएदेखि नै सधैँ चर्चा र गसिपको पात्र बनेकी कलाकार हुन, प्रियंका कार्की । कहिले आफ्नै बोलीका कारण त कहिले पहिरनका कारण उनको चर्चा भइरहन्छ

पछिल्लो पटक भने फरक शैलीले उनी चर्चाको विषय बनेकी छन् । कार्कीले गर्भावस्था हुँदा देखि अहिलेसम्म पनि विभिन्न तस्विर सार्वजनिक गरेपछि चर्चामा आइरहेकी छन् ।

कहिले बच्चालाई पेट बाहिरबाटै जुस खुवाएको त कहिले स्वीमिङ गरेको तस्विरका कारण उनका सकारात्मक तथा नकारात्मक दुवै प्रकारका प्रतिक्रिया आइरहेका छन् । यस विषयमा प्रियंकाकी सासु रविना र देशराजले प्रियंकाको खुलेर साथ दिएकी छन् । उनीहरुले नकरात्मक प्रतिक्रियाको खुलेर बिरोध गरेका छन् ।

प्रियंकाकी सासु रविनाले सामाजिक संजाल मार्फत एउटी गर्भवती महिलाको शरिर र बिकिनीमात्र देख्नेहरु गलत भएको उल्लेख गर्दै बुहारी प्रियंका बिकिनीमा अतिरिक्त सुन्दरी देखिएको भन्दै प्रशंसा समेत गरेकी छन् । उनले सञ्जालमा लेखेकी छन्, ‘उनी बिकिनी रुचाउँछिन् र यसमै आरामदायी र खुशि महसुस गर्छिन् ।’ उनको यो भनाईलाई कतिपयले समर्थन गरेका छन् ।