राज कुन्द्राको कम्पनीबाट राजीनामा दिइन् शिल्पाले

पोर्न फिल्म प्रकरणमा पक्राउ परेका श्रीमान राज कुन्द्राको कार्यलयबाट अभिनेत्री शिल्पा सेठ्ठीले राजीनामा दिएकी छन् । उनलाई प्रहरीले हिजो दिउँसो घरमै पुगेर सोधपुछ गरेपछि पति कुन्द्राको कम्पनी वियान इन्डस्ट्रिजबाट राजीनामा दिएकी हुन् ।

अभिनेत्री शिल्पा उक्त कम्पनीको निर्देशकका रुपमा कार्यरत रहेकी थिइन् । शुक्रबार दिउँसो शिल्पाकै घरमा पुगेर क्राइम ब्रान्चले ६ घण्टा सोधपुछ गरेको भारतिय सञ्चारमाध्यले बताएका छन् ।

अहिले मुम्बई प्रहरीको अपराध विभाग हेर्ने टीमले यो प्रकरणमा शिल्पाको संलग्नताको प्रमाण जुटाउन समेत व्यस्त रहेको बुझिएको छ । यस कम्पनीबाट शिल्पालाई लाभ मिलेको छ वा छैन भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ भने उनको बैंक खाताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।