पर्खि बसेको सिक्वेल बन्ने, पलको जोडी मलिका

२०६५ सालमा निर्माण भएको फिल्म ‘पर्खी बसे’को सिक्वेल बन्ने भएको छ । जसका लागि कलाकार पल शाह र मलिका महतलाई छानिएको छ । पहिलो फिल्म ‘पर्खि वसे’मा राजवल्लभ कोइराला र यूना उप्रेतीको मुख्य भूमिका थियो भने दिपक श्रेष्ठ निर्देशन गरेका थिए । यो फिल्म सांगीतिक लभ स्टोरी यो फिल्म बक्स अफिसमा हिट भएको थियो ।

अहिले यसैको सिक्वेलमा फिल्म निर्माण गर्न निर्माणकर्ता लागि परेका छन् । अहिलेका हिट जोडीका रुपमा चर्चामा रहेका पल र मलिकालाई फिल्ममा अनुबन्ध गर्न लागिएको छ । तर, अनुबन्धित भने भइसकेका छैनन् । फिल्ममा भन्दा बढि म्युजिक भिडियोमा जमेका पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको तयारीमा रहेको छ । कोरोनाका कारण यो फिल्म प्रदर्शन हुन सकेको छैन । पलले फिल्म ‘पर्खि बसे २’मा पुर्णरुपमा कुरा नभएको बताएका छन् । उनले मध्यस्तकर्तासँग मात्र कुरा भएको मुख्य मान्छे निकिता लगायतसँग छलफल नभएको बताएका छन् ।

उनले पहिला स्क्रिप्ट सुन्ने अनी मात्रै फिल्मका लागि ओके या नो भन्ने कुरा आउने प्रतिक्रिया दिएका छन् । गोपिकृष्ण मुभिजले व्यानरमा निर्माण हुने फिल्म ‘पर्खी बसे २’लाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । सौरभले यस अघि फिल्म ‘प्रसाद २’ निर्देशन गरेका थिए । उनले योफिल्मपछि ‘पर्खी बसे २’को काम सुरु गर्ने तरखरमा रहेका थिए तर कोरोनाका कारण काम अघि बढ्न सकेको थिए ।