प्रकाश र सुनिता ‘विपद् जोखिम सद्भावना दूत’ मा नियुक्त
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’ मा नियुक्त गरेको छ ।
हिजो सिंहदरबारमा एउटा समारोहकाबीच प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले दुवैलाई प्रमाणपत्र दिएर एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूत’मा नियुक्त गरेको बताएका छन् ।
पोखरेलका अनुसार गायक प्रकाश सपुत र सुनिता दुलाललाई गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उनीहरूलाई दूत नियुक्ति गरिएको हो ।
सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक निवासी हुन् । सोही समारोहमा उनीहरूको ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो, बोलको’ सन्देशमूलक गीतसमेत सार्वजनिक गरिएको थियो ।
समारोहमा पोखरेलले कसैको अकालमा मृत्यु नहोस्, कसैको धनमालमा क्षति नपुगोस् भन्ने हाम्रो उद्देश्य गीतले समेटेको उल्लेख गर्दै भने, ‘अहिलेसम्म मुलुकमा विपद्को जोखिमले जितिरहेको छ अब त्यसलाई हामीले जित्न सकौँ ।’
प्रतिक्रिया