दया र प्रकृति अभिनित ‘विहे पास’को सम्पादन सकियो

निषेधाज्ञा अघि छायांकन भएको फिल्म ‘विहे पास’ सम्पादनको काम सकिएको छ । फिल्मका निर्देशक प्रवेश पौडेलले फिल्म ‘विहे पास’को सम्पादनको काम सकिएको बताए । उनले अव फिल्म डविङको चरणमा रहेको जानकारी दिए ।

उनले मेरो फिल्मसँग कुराकानी गर्दै निषेधाज्ञाको समयमा फिल्मको प्राविधिक काम सबै सक्ने हिसावले काममा लागि परेको बताए । फरक कथावस्तुमा निर्माण गरिएको फिल्मको छायांकन गत चैतमा विराटनगरको एउटा मन्दिरमा शुभमूहुर्त गर्दै फिल्मको छायांकन सुरु भएको थियो ।
निषेधाज्ञा र हल बन्दका कारण फिल्मको रिलिज समय अनिश्चित रहेको समेत निर्देशक पौडेलले बताए । उनले भने,‘अहिले फिल्मको हालत यस्तो अवस्थामा रहेको छ । ओटिटि लगायतमा फिल्म लगाएर लगाउनी उठाउन कठिन हुन्छ । हल नखुलुल्जेल फिल्म रिलिजको समय तोक्न सकिदैन । हल खुल्न र कोरोनात्रास हटेको खण्डमा मात्र फिल्मको रिलिज समय तोकिने छ ।’

फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा देखिँदैछन् । साथै फिल्ममा आकाश बराल, सजन काफ्ले र मुरे केरको कथा रहेको फिल्म रोहित कट्टेलको प्रस्तुती रहेको छ । ग्याल्जेन लामा सह निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्।