कुन्द्रालाई पक्राउ गरेपछि यी युवती भन्छिन्,‘भगवान्, यो मानिस जेलमै सडोस् ।’

मंगलबार पोर्न भिडियो प्रकरणमा पक्राउ परेका अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्राले एक युवतीले आफुलाई फसाउन लागेको आरोप लगाएका छन् । उनी पक्राउ परेपछि एकपछि अर्को गर्दै मुम्बई क्राइम ब्रान्चले उनीविरुद्ध धेरै प्रमाणहरु फेला पार्दै गएको छ ।
कुन्द्रा पोर्न काण्डमा पक्राउ परेपछि युट्युबर पुनित कौरले आफुलाई ‘ह्वाट्स एप’ का लागि भिडियो सुट गर्न बोलाएको उल्लेख गरेकी लगाएकी छन् ।
उनले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत आफ्ना फ्यानहरुलाई ‘के तपाईहरुलाई हाम्रो भेरिफाईड डिएम भिडियो याद छ ? जहाँ राजले ह्वाट्स एपका लागि काम गर्ने अफर मलाई दिएका थिए । म राजको अहिलेको खुलासा देखेरु हैरान भएको छ भनेर प्रश्न गरेकी छन् ।
पुनितले थप लेखेकी छन्,‘ यिनले युवतीहरुलाई लालच देखाउँथें, जब उनले मलाई म्यासेज गरेका थिए, तब पहिले त मलाई त्यो स्पाम हो भन्ने लागेको थियो । भगवान्, यो मानिस जेलमै सडोस् ।’

मंगलबार पक्राउ परेका कुन्द्रा २३ जुलाईसम्म उनी प्रहरी हिरासतमै रहनेछन् । मुम्बई क्राइम ब्रान्चका अनुसार लकडाउनका दौरान कुन्द्राको व्यापार राम्रै चलिरहेको थियो । उनले एक दिनमा ६ देखि ८ लाख भारुसम्मको व्यापार गर्ने गरेका थिए । जुन कुरा पक्राउपछि खुलेको हो ।