७० लाखमा किने पुष्पले क्रेटाको गाडी

नेपाली फिल्म तथा म्युजिक भिडियोमा ब्यस्त रहेका अभिनेता पुष्प खड्काले आज ७० लाखमा पर्ने क्रेटाको गाडी किनेका छन् । उनले सेतो रंगको कार खरिद गरेपछि सामाजिक सञ्जालमा नयाँ गाडी घरमा भित्राएको बताएका छन् । उनले आफुले सानामा देखेको सपनाहरु विस्तारै पुरा हुँदै गएको बताए छन् ।

पल्सर बाइक चढ्दै आएका पुष्पले गाडीको चढ्ने सौख पुरा गरेका छन् । उनले कैलालीमा घर समेत बनाइसकेका छन् । म्यूजिक भिडियो हुँदै फिल्ममा आएका उनको सुरुवाती दिन भने सुखद रहेन । शिव परियारको ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले’बोलकोगीतमा अभिनय गरेपछि उनी चर्चामा आएका थिए ।

त्यसपटि फिल्म दर्पण छाया’, ‘मंगलम’मा अभिनय गरेपछि चर्चामा आएका थिए । उनले अभिनय गरेको फिल्म ‘तिम्रो मेरो साथ, मनसँग मन, कृष्णलीला’ रिलिजको क्रममा छन् ।