२७ वर्ष लागिन् मिरुना

२०५१ साल साउन ३ गते हङकङमा जन्मिएकी मिरुना मगर आजबाट २७ वर्षमा टेकेकी छन् । उनलाई जन्मदिनको सुभकामना दिनेको सामाजिक सञ्जालमा ओइरो लागेको छ । नेपाली फिल्म क्षेत्रमा परिचित हुँदै गरेकी मिरुनको बाल्यकालदेखि नै अभिनयप्रति रुचि थियो । मिरुनाले ‘कथादेश ३’ नामक नाटकमा अभिनय यात्राको थालनी गरेकी हुन् ।

उनले नाटक हुँदै फिल्म ‘लालपुर्जा’ फिल्म क्षेत्रमा फड्को मारेकी हुन् । उनले यो फिल्ममा अभिनेता सौगात मल्ल र विपिन कार्कीसँग स्क्रिन शेयर गर्ने मौका पाइन् । यसैको कारण उनको चर्चा भएको थियो । पहिलो फिल्मले फिल्ममेकर सामु परिचित मात्रै भइन् । यो फिल्म असफल भएता पनि उनले अर्को फिल्म ‘रोज’ मा अभिनय गर्ने मौका पाइन् । यस फिल्ममा अहिलेका चल्ति हिरोका रुपमा रहेका प्रदीप खड्कासँग जोडि बाँधिएको थियो ।
प्रदीपसँग खेलेको फिल्म पनि असफल सावित भएपनि यस फिल्मको गीतले भने अधिकांश दर्शकमाझ भने मिरुनाको चर्चा भयो । किनभने यो फिल्मको ‘फूल हैन’ गीत दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्यो । त्यसैले पनि मिरुना आफ्नो फिल्म ‘रोज’ लाई करिअरको टर्निङ पोइन्टका रुपमा लिने गरेकी छन् ।
उनी अभिनित फिल्म तेस्रो फिल्म ‘साइनो’ पनि त्यस्तै असफल भयो भने चौथो फिल्म ‘चच हुई’ पनि उहि तालको भयो । लगातार चार वटै फिल्म फ्लप भएकी मिरुनाले भने फिल्ममा काम पाइरहेकी छन् । उनी अर्को फिल्म ‘कबड्डी ४’ मा पनि काम गर्ने तयारीमा रहेकी छन् । जहाँ अभिनेता दयाहाङ राईसँग अभिनय गर्दैछिन् ।

उनको सबै फिल्म असफल भएता पनि योफिल्मले भने सफलता पाउने अपेक्षा गरिएको छ । तर, अन्तमा मिरुनालाई आगामी फिल्मको सफलताको शुभकामना सहित फेरि पनि जन्मदिनको शुभकामना ।