‘द आर्टिष्ट’ युट्युवमा रिलिज

फिल्म ‘द आर्टिष्ट’ युट्युवमा सार्वजनिक आएको छ । टिकाध्वज थापा (रमेश)ले निमार्ण तथा जीवन शाहीले निर्देशन गरेको ‘द आर्टिष्ट’ साईराम पिक्चर्सबाट भएको हो । केहि महिना अघि यो फिल्म नेटटिभीमा पनि प्रसारण भएको थियो ।


फिल्ममा सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेश कुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, खुस्बु पौडेल, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धिरेन्द्र श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

हरि न्यौपानेको छायांकनकोे रहेको फिल्ममा विरेन्द्र भाटको सम्पादन र अर्जुन पोख्रेलको कलर छ । एक्सन, माया प्रेम र कलाकार बन्ने युवाको सपनाको कथामा निर्माण भएको फिल्मलाई दर्शकले राम्रै मन पराएका छन् ।