मिर्गौलामा समस्या देखिएपछि मेरी बास्सैकी चम्सुरी अस्पताल भर्ना

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य टेलि सिरियल ‘मेरी बास्सै’ कलाकार पल्पसा डंगोल(चम्सुरी’ अस्पताल भर्ना भएकी छन् । उनको मिर्गौलामा समस्या देखिएपछि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले उनी अस्पताल भर्ना भएको पुष्टि गरेकी हुन् । पल्पसाले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आइरहेको र अव भने उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले बताएको भनिएको छ ।

लामो समयदेखि कलाकारमा सक्रिय रहदै आएकी छन् । उनी ‘मेरी बास्सै’मा चम्सरीको भुमिकामा देखिएपछि दर्शकमाझ लोकप्रिय बने हुन् । पल्पसाले सिरियलका साथै दर्जनौ म्युजिक भिडियो समेत निर्देशन गरेकी छन् ।