वेहुली बनेकी कट्रिना कैफ विवाहको मण्डपबाटै भागिन्

बलिउड अभिनेत्री कट्रिना कैफ विवाह मण्डपबाट भागेको समाचार बाहिरिएको छ । १९ वर्षअघि बलिउडमा डेब्यू गरेकी कटरीना विवाह मण्डपबाट भागेको रहस्य खुलेको हो । उनी वास्तविक विवाह मण्डपबाट भने भागेकी होइनन् । उनले फिल्ममा वेहुलीको क्यारेक्टरमा अभिनय गर्दा वेहुलीकै भेषमा भाग्ने गरेकी हुन् ।

भारतिय पत्रिका आजतकमा अनुसार उनी फिल्म ‘अजब प्रेमकी गजब कहानी’बाट पनि भागेकी थिइन् । यस फिल्मको छायांकनमा कटरीनाले अभिनेता रणवीर कपूरको प्रेमिकाको भूमिकामा अभिनय गरेकी थिइन् । जहाँ उनको फिल्ममा जेनीको भूमिकामा रहेको हुन्छ । कटरीनाले प्रेमीसँग विवाह गर्ने तयारीमा कसिरहेको बेला उनले आफ्नो प्रेम रणवीर कपूरसँग रहेको अनुभव गरेपछि विवाह मण्डपबाटै भाग्छिन् ।

यो बाहेक उनी फिल्म ‘नमस्ते लण्डन’मा पनि कटरीना विवाहबाट भागेर पहिलो पति अक्षय कुमारको ठाउँमा पुग्छिन् । फिल्म ‘पार्टनर’मा पनि उनको त्यस्तै रोल हुन्छ । फिल्म ‘मैंने प्यार क्यों किया’ र ‘मेरे ब्रदर की दुल्हन’मा पनि विवाहको मण्डपबाट कट्रिना मण्डपबाटै भागेकी छन् । उनको हरेक फिल्ममा मण्डपबाट नै भाग्ने रोल राखिएको हुन्छ । त्यसकारण अभिनेत्री कट्रिना कैफलाई भगौडे भन्न थालिएको छ ।