जन्मदिनको मुरी मुरी शुभकामना ऋचा

फिल्म ‘फस्ट लभ’बाट नेपाली फिम क्षेत्रमा उदाएकी अभिनेत्री हुन् ऋचा शर्मा । पहिलो फिल्मबाटै नेपाली दर्शकको नोटिस्मा परेकी ऋचा शर्मा पछिल्लो समय रियालिटी शो ‘कमेडी च्याम्पियनको जज समेत रहेकी छन् ।

हरेक कुरामा रमाउन सक्ने क्षमता भएकी ऋचालाई अभिनेत्री भन्दा पनि अहिले कमेडी च्याम्पियनको जजका रुपमा दर्शकले चिन्न थालेका छन् । सन् २००७ मा आयोजना भएको ‘मिस नेपाल’को उत्कृष्ट १० भित्र परकी ऋचाकाले अभिनय गरेका फिल्म ‘लुट, टलक जंग भर्सेस टुल्के, को आफ्नो, हाइवे, उमा’ हिट भएका थिए । तर, उनका ‘लुट २, भिसा गर्ल, आधा लभ, मेरो लभ स्टोरी, सुनकेसरी’ लगायत फिल्मले लगानी उठाउन सकेन ।

तर, पनि दर्शकमाझ आफ्नो लोकप्रियता भने कायम राख्न सकेकी छन् । उनै अभिनेत्रीले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । ऋचालाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन अझ् फलदायी बनोस् हाम्रो शुभकामना ।