‘कमेडी च्याम्पियन’का विक्कीलाई जिताउन भोट माग्न थाले सिक्किमका मुख्य मन्त्री

नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन शोको उत्कृष्ट ७ मा पुगेका छन् । यहि प्रतिस्पर्धीवीच कडा प्रतिस्पर्धा गरिरहेका छन् सिक्किमबाट आएका विक्की अग्रवाल । अडिसन राउण्डबाटै चर्चामा रहेका विक्कीलाई जिताउनका लागि अहिले सिक्किममा अभियान नै चलेको छ ।
निकै चर्चामा रहेका उनलाई भोट माग्नका लागि सिक्किमका मुख्य मन्त्री नै लागि परेका छन् । त्यसका लागि मुख्य मन्त्री पीएस गोलेले ५ लाख सहयोग गरेका छन् ।
उनले विक्कीको परिवारलाई सो रकम हस्तान्तरण गरेका छन् । सिक्किमको चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्माका अनुसार मुख्यमन्त्रीको समेत सहयोग र हौसला पाएपछि विक्की र उनको परिवार उत्साहित देखिएको छ ।

कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको छ । अहिले यस शो टप ७ सम्म पुगेको छ । ‘कमेडी च्याम्पियन’मा प्रतिस्पर्धीहरुलाई अगाडि बढ्नका लागि दर्शकको भोटको आवश्यकता पर्दछ । रियालिटी शो लोकप्रिय बनेपछि निर्माण पनि निकै उत्साहित बनेको छ ।