अमेरिकामा हुने ‘मिस वर्ल्ड’ मा ‘पपुलर च्वाइस’का लागि भोट माग्दै नम्रता

अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ खुल्ला भएको छ । भोटिङ खुल्ला भएपछि नेपालको तर्फबाट विश्व सुन्दरी प्रतियोगीतामा ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् । जसका लागि उनले सबैसँग भोट मागिरहेकी छन् ।
उनले ‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना शुभेच्छुकसँग अपिल गरेकी छन् । प्रतियोगी नम्रताले दि हिडेन ट्रेजर’ले ‘पपुलर च्वाइस’मा नेपालको विरासत कायम राख्नका लागि सबैलाई भोट गरिदिन अपिल गरेकी छन् ।

उनलाई भोट गर्नका लागि मबस्टार एप डाउनलोड गर्दै नम्रताको फोटोहरुमा लाइक र कमेन्ट गर्नुपर्ने हुन्छ । यसैको अर्थात नम्रताले प्राप्त लाइक र कमेन्टको आधारमा उनले विजयी या आउट हुने भनिएको छ । यो यसै वर्षको डिसेम्बर १६ तारिखमा अमेरिकाको पुएर्तोरिकोमा प्रतियोगीताको आयोजना हुदैछ छ । जसका लागि अहिले नम्रता अमेरिकामा रहेकी छन् ।