करिना कपुरद्धारा लिखित कितावले लियो चर्को रुप , उनी सहित दुइजना विरुद्ध ऊजुरी दर्ता
बलिउडका कलाकार केहि न केहि फण्डा गरेर चर्चामा आइरहन रुचाउँछन् । यहि चर्चामा र विवादमा आइरहन रुचाउने अभिनेत्री हुन् करिना कपुर खान । उनी विवाह भएदेखि बच्चाको नाम राख्दा समेत विवादमा आइरहेकी छन् ।
हालै उनले लेखेको एक पुस्तकबाट उनी चर्चामा मात्र रहेकी छैनन् । उनलाई मुद्धा नै परेको छ । करिनाले आफ्नो गर्भावस्थाको दिनबारे एउटा किताब लेखेको प्रेग्नेन्सी बाइबल नाम पुस्तक विवादमा परेको हो । इसाई संगठन र अल इन्डिया माइनोरिटी बोर्ड (एआईएमबी) ले पुस्तकको नाम बाइबल राखेकोमा आपत्ति जनाउदै उनी विरुद्ध मुद्धा हालेको हो ।
किताबको नामको विषयमा महाराष्ट्रको बीड जिल्लामा एक इसाई संगठनले थानामा करिना कपुर र अन्य दुई जनाविरुद्ध शिवाजी नगर पुलिस स्टेशनमा ऊजुरी दर्ता गरेका छन् । ऊजुरीकर्ताले उक्त किताबमा इसाइको पवित्र शब्द ‘बाइबल’ प्रयोग गरेको बताउँदै यसले उनीहरु र क्रिश्चियन समुदायको धार्मिक भावना आहत भएको आरोप लगाएका छन् ।
अल इन्डिया मोनिटरिङ बोर्डले पनि यो किताबको टाइटलमाथि आफ्नो आपत्ति रहेको जनाइसकेको छ भने बोर्डका अध्यक्ष डायमण्ड यूसुफले आपत्ति जताउँदै लेखिकाविरुद्ध मुद्दा दर्ता गर्ने बताइसकेका छन् । यता करिनाले भने यसबारेमा केहि प्रतिक्रिया दिएकी छैनन् । ४० वर्षिया करिनाले ९ जुलाई २०२० मा आफ्नो किताब प्रेग्नेन्सी बाइबल सार्वजनिक गरेकी थिइन् । करिनाका अनुसार यो किताबमा उनी गर्भवती भएका बेला उनले शरीरिक र मानसिक रुपमा कस्तो महसुस बारे लेखेको र किताबलाई आफुले तेस्रो सन्तानको रुपमा लिएको बताएकी छन् ।
https://www.instagram.com/kareenakapoorkhan/?utm_source=ig_embed&ig_rid=6dca15f0-ec43-4421-b478-f20cb922cdfb
प्रतिक्रिया