कलाकार संघद्धारा रेस्लर खड्कालाई सहयोग

नेपाल चलचित्र कलाकार संघले कलाकार तथा नेपाल महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष भगवती खडकालाई आर्थिक सहयोग गरेको छ । मंगलबार संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष रबीन्द्र खड्काले खड्कालाई २३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
उनले निषेधाज्ञाको समयमा उनको संस्थासंग आवद्ध ४०–४५ जना महिला रेस्लरहरूलाई राहत तथा आर्थिक सहयोग गरेकी थिइन् । यहि समयमा कोरोनाबाट संक्रमित भएकी भगवतीलाई कलाकारसँगले आर्थिक सहयोग गरेको संघले जानकारी दिएको छ ।

उनलाई नेदरल्यान्डमा रहेकी अभिनेत्री वर्षा खडकाबाट सात हजार पाँच सय, समाजसेवी बिक्रम खड्काबाट पाँच हजार पाँच सय, नेपाल चलचित्र कलाकार संघ यूके शाखाको तर्फबाट पाँच हजार तथा संघकी कार्यकारिणी सदस्य तेजुला खतिवडाबाट पाँच हजार गरी जम्मा २३ हजार रुपैयाँ भगवती खड्कालाई प्रदान गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला लगायतको उपस्थित रहेको थियो ।