कल्याणकारी कोषलाई अभिनेत्री बसुन्धराको १ लाख २८ हजार सहयोग

अभिनेत्री वसुन्धरा भुसालले अमेरिका भ्रमणमा रहेको बेला त्यहाँ सञ्चालित टक शो ‘सापटी’मा पाएको रकम चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई दिएकी छन् । उनले बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटी कोषका लागि एक लाख २८ हजार नगद रकम सहयोग गरेकी हुन् ।
केही समय अघि अमेरिका भ्रमणको बेला अमेरिकाबाट संचालित टक शो ‘सापटी’मा सहभागी भए बापत उक्त रकम उनले प्राप्त गरेकी थिइन् । तर, रकम हाता परेको थिएन । अहिले हात परेकोले हात पर्ने वित्तिकै कोषका लागि सहयोग गरेकी हुन् ।
उनले सो रकम प्राप्त र सहयोगको बिषयमा भुसालले सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् ।
६ महिना अघि पारिवारिक भेटघाट र घुमघामको लागि अमेरिका पुगेकी भुसालले ४ लाख बढि रकम संकलन गरेकी थिइन् । उनले सो रकम भने केही अगाडि कोषका लागि दिएकी थिइन् ।
भुसाल कोषको स्थापनाकालदेखि हालको पनि संयोजक रहेकी छन् । कोषलाई अगाडी बढाउन अनवरत रुपमा खटिएकी अभिनेत्री भुषाल संयोजक रहेको यो कोषमा ४ करोड बढि रकम जम्मा भइसकेको छ ।
कोषमा जम्मा भएको रकमले समस्यामा रहेका फिल्मकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपत कालिन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काजक्रिया लगायतमा सहयोग गर्दै आइरहेको छ ।