पूर्णकला र खेमराजको ‘भुइँ छोयो सारी’
नेपाली नारीहरुको तरितालिका तीज नजिकिदै गर्दा नेपाली गीतसंगीत बजारमा आउन थालेका छन् । यहि भिडमा गायिका पूर्णकला बिसी र खेमराज गौतमको स्वरमा रहेको ‘भुइँ छोयो सारी’ बोलको गीत सार्वजनिक भएको छ ।
खेमराज गौतमले लय तथा शब्द रचना गरेको यस गीतलाई सुमन रानाको रेक्डिङ्ग र कुमार रानाको मिक्सिङ रहेको छ । गीतमा उमेश राना, बशन्त बिक,सोनाम पुन,इनाम दुताराजको सपोटिङ्ग स्वर रहेको छ ।
सुजन गोर्खालीको निर्देशन प्रकास खडकाको क्यामरा रहेको गीतको भिडियोलाइ दीपक बिष्टले सम्पादन गरेका छन् । गीतको भिडियोमा दीपक लामा, करिश्मा ढकाल, निकिता श्रेष्ठ र अस्मिता थापाको अभिनय रहेको छ भने भिडियोलाइ मगर काजीले प्रोडन्सनको काम गरेका हुन् ।
प्रतिक्रिया