राजनीतिबाट अन्यास लिए रजनीकान्तले
साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएको बताएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् ।
भारतिय समाचारका अनुसार रजनीकान्तले भविष्यमा राजनीतिमा नफर्किने गरि अलग भएका हुन् । उनले, यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि निर्णय लिएको हो ।
राजनीतिबाट अलग भएता पनि रजनीकान्तले नयाँ संगठन ‘रजनी फ्यान क्लब एसोसिएसन’को नामबाट जनताको सेवा गर्नेछन् । उनले गत बर्षको डिसेम्बर २९ मा आफ्नो स्वास्थ्य अवस्थाका कारण चुनावी राजनीतिबाट टाढा रहने बताएका थिए ।
त्यतिबेला उनले, सो समयमा एक पत्र लेख्दै राजनीतिमा नउत्रिए पनि जनताको सेवा भने निरन्तर गर्ने उल्लेख गरेका थिए ।
प्रतिक्रिया