कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्

कलाकार दीपकराज गिरी हरेक कुरामा आफ्नो भनाई सामाजिक सञ्जालमा राख्दै आएका छन् ।

आज सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि आफ्ना भनाईहरु सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

कलाकार गिरीले फेसबुकमा लेखेका छन,‘राष्ट्रपतिय प्रधानमन्त्रीद्धारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन् ।’

दीपकराजको भनाई बुझ्ने हो भने प्रधानमन्त्री जो बनेपनि देशको अवस्था उस्तै हुनेछ । किनभने उनी पुरानै मान्छे त आउने भयो नि भन्नेतर्फ इंकित गरेका छन् । किनभने यो भन्दा अघि शेरबहादुर देउवा ४ पटक प्रधानमन्त्री भइसकेका छन् ।