गलत समाचारबाट टाढै रहन आँचलको आग्रह

अभिनेत्रीले आँचल शर्माले आफ्नो बारेमा आएको एक समाचार समाचार गलत रहेको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक समाचारको बिषयमा स्पष्टिकरण दिदै गलत समाचारबाट टाढा रहन आग्रह समेत गरेकी छन् ।

केहि दिन अघि आँचल शर्मा गर्भवती रहेको खबर सामाजिक संजालमा भाइरल भैरहेको छ । यसैको बारेमा स्पष्टिकरण लेख्दै आँचलले गलत समाचारप्रति नलाग्न आफ्ना फ्यान तथा शुभचिक्तकहरुलाई आग्रह गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।’
आँचलले आफू आमा बन्ने भएपछि आफैले सबैलाई जानकारी दिने बताएकी छन् । साथै अहिलेलाई गलत समाचारबाट टाढा रहन उल्लेख गरेकी हुन् ।
उनले फेसबुक तथा सामाजिक सञ्जालमा बनेका नक्कली आइडीबाट सचेत रहन समेत आफ्ना फ्यानहरुलाई आग्रह गरेकी छन् ।
आँचलले डेढवर्ष अघिभ डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् । आँचल बिहेपछि पनि म्यूजिक भिडियोको व्यस्त रहेकी आँचल झ्टा समाचारबाट तनाव झेल्दै आइरहेकी छन् ।