प्रधानमन्त्रीद्धारा मदनकृष्णलाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त आयोजिक कार्यक्रममा कलाकार श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए । सम्मानित कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए ।