रहेननन् अभिनेता दिलिप कुमार ,भारतिय प्रधानमन्त्रीद्धारा गहिरो समवेदना
बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको खार हिन्दुजा अस्पतालमा बुधबार बिहान साढे सात बजे उनको निधन भएको भारतिय सञ्चारमाध्यले जनाएका छन् । ९८ वर्षिय दिलिपकुमारको निधनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले गहिरो समवेदना प्रकट गरेका छन् ।
दिलिपकुमारलाई बलिउडमा ‘ट्रेजेडी किङ’को उपमाले चिनिन्छन् । उनी ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिस इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका थिए । दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो तर फिल्म क्षेत्रमा आएपछि उनले नाम बदलेका थिए ।
उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा अभिनय गरेका थिए तर उनको यो फिल्मले धेरै चर्चा पाउन भने सकेन । यो फिल्ममा काम गर्दा उनी २२ वर्षका मात्र थिए ।
दिलिप कुमारले पाँच दशकको फिल्मी करियरमा ५ दर्जन बराबर फिल्ममा काम गरेका छन् । शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम उनका चर्चित फिल्ममा पर्दछन् ।
प्रतिक्रिया