हलको खर्च धान्न नसक्दा सधैँका लागि बन्द भयो कुमारी हल

नेपालमा फिल्म हल बन्द हुनेक्रम जारी रहेको छ । कोरोनाका कारण फिल्म चल्न नपाएपछि अहिले धमाधम हल बन्द हुन थालेका हुन् । यसैबीच कमलपोखरी स्थित कुमारी हल सधैका लागि बन्द भएको हो ।

लामो समय देखि संचालनमा आएको यो हलमा अव दर्शकले फिल्म हेर्न पाउने छैनन् । यस फिल्म हलका सञ्चालकले हलको खर्च धान्न नसकेका कारण बन्द गर्नु परेको बताएका छन् । क्यूएफएक्सका सिइओ रोशन अडिगाका अनुसार लामो समय देखि हल बन्द हुँदा यसका कर्मचारी तथा अन्य खर्च धान्न नसकेपछि बन्द गर्नुपर्ने अवस्था आएको हो ।

कुमारी हलमा नेपाली फिल्मका अलवा बलिउड, हलिउड प्रदर्शन हुदै आएका थिए । यो हल बन्द भएपछि नेपाल भर हल बन्द हुनेको संख्या झन्डै दुइ दर्जन भएको छ ।