हेलिकप्टरमा हेलम्बु पुगेका राजेशले बाँडे राहत

अभिनेता राजेश हमालले बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीमा पुगेर राहत वितरण गरेका छन् । उनले सिम्रीक एअरको हेलिकप्टरबाट हेलम्बु पुगेका उनले स्थानीयलाई खानेकुरा तथा लुगाफाटो लगायतका सामाग्री वितरण गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् । अन्य कलाकारहरुले भने मेलम्ची बाढिपिडितलाई राहत वितरण गरेका थिए ।
सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई राहत वितरण गर्ने कलाकारहरुमा अभिनेत्री श्वेता खड्का देखि आँचल शर्मा , मिलन चाम्स, पुजा शर्मा, आकाश श्रेष्ठ लगायत रहेका छन् ।

त्यहाँका बाढीपिडितका लागि पनि कलाकारहरुले कोष खडा गरेका छन् । उनीहरुले सिन्धु कोषमा खडा गर्दै झन्डै ५० लाख रकम संकलन गरिसकेका छन् ।