‘बेबी सावर’ का तस्विर सेयर गरिन् प्रियंकाले (तस्विर सहित)

अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा आइरहन रुचाउछिन् । धेरै जसो युटुवमा बोलेका कुराले त कहिले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्विरले । उनलाई जे जसरी भएपनि चर्चामा आइरहनुपर्छ । उनी केहि महिनाबाट पटक पटक चर्चामा आइरहेकी छन् ।

त्यो पनि उनकै तस्विर र भिडियोका कारण । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् ।
उनले फेरि सामाजिक सञ्जालमा ‘बेबी सावर’ गरेको तस्विरहरु सेयर गरेकी छन् । तस्विरका साथ उनले ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । सो क्रममा उनले केक समेत काटेको र केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।
प्रियंकाले गर्भवती भएको जानकारी पाएदेखि नै सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक तथा आफ्ना फ्यानहरुलाई जानकारी दिदै आएकी छन् ।