तापसी पन्नुले पारिश्रमिकमा भेदभाव भएको भन्दै आफ्नो गुनासो पोखिन्

केहि वर्ष देखि बलिउड अभिनेत्री तापसी पन्नुले पारिश्रमिकका बारेमा मतभेद भएको भन्दै आवाज उठाउदै आएकी छन् । उनले अभिनेता र अभिनेत्रीविच हुने पारिश्रमिकको भिन्नता रहेको भन्दै पारिश्रमिक बढाउन माग गरिरहेकी छन् ।

उनले फिल्म ‘हसिना दिलरुबा’को प्रमोशनका क्रममा पत्रकारसँग कुराकानी गर्दै भनिन्,‘यदि कोही अभिनेताले पारिश्रमिक बढाउँछन् भने यसलाई उनको सफलताको संकेतको रुपमा हेरिन्छ । तर, यदि अभिनेत्रीले पारिश्रमिक बढाउँछिन् भने यसलाई ‘मुश्किल’को रुपमा हेरिन्छ ।’
उनले दर्शकले पनि अभिनेतालाई प्रायोटी दिएको बताएकी छन् ।

उनले कुराकानीका क्रममा आफुले काम गर्दादेखि अहिलेसम्म अभिनेताको पारिश्रमिक ३ देखि ५ गुणा बढेको भन्दै दुखेको पोखेकी छन् । ‘जो अभिनेताले मेरो साथमा करिअर सुरु गरेका थिए, उनीहरुको पारिश्रमिक आज मेरो भन्दा ३ देखि ५ गुणा बढी छ । जब–जब हाम्रो क्रेज बढ्न थाल्छ, यो भिन्नता अझै बढ्न थालेको पाइन्छ ,’उनले भनेकी छन,‘जस कारण अभिनेत्रीको पनि पारिश्रमिक बढ्नुपर्छ ।

पत्रकारसँगको कुरामा तापसीले दर्शकसँग पनि गुनासो गरेकी छन् । दर्शकले पनि नायकको जस्तो नायिका मुख्य भूमिकामा रहेको फिल्मलाई सेलिब्रेट गरिदिन आग्रह गरेकी छन् । ‘महिला केन्द्रित फिल्मले बक्स अफिसमा आशातित व्यापार गर्न सकेका छैनन् । आज पनि हामी बजेटमाथि नै संघर्ष गरिरहेका छौं । महिला केन्द्रित चलचित्र भएकाले बजेट कम भएको मेकरले पनि बताउँछन्,’उनले भनिन् ।