‘प्रेम गीत ३’ को हिन्दीमा डविङ सकियो तर रिलिज अनिश्चित

सन्तोष सेनले निर्माण गरेको फिल्म ‘प्रेम गीत ३’ हिन्दी भाषामा डबिङ सकिएको छ । निर्माता सेनले फिल्मको हिन्दी डबिङ मुम्बईमा सकिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै बलिउडका चर्चित फिल्मका सम्पादक सञ्जल संकलाले ‘प्रेम गीत–३’ को हिन्दी भर्सन सम्पादन गरेको उल्लेख गरेका छन् । उनले आफ्नो फिल्म राम्रोसँग सम्पादन गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘उनै दिग्गजमार्फत हाम्रो चलचित्रलाई पनि सुनमा सुगन्ध थप्न कुनै कसर बाँकी राखेका छैनौं । भाषागत हिसाबमा ‘प्रेम गीत–३’ को टेबलको काम सकियो । भारतका चर्चित सम्पादक सञ्जय संकला जसले कुछ् कुछ् होता है, कल हो ना हो, राउडी राठोर, प्रेम रतन धन पायो, धमलालगायत सयौं फिल्ममा आफ्नो कुशलता देखाइसक्नु भएको छ ।’

बलिउडका चर्चित फिल्म सम्पादक सञ्जयले सय÷दुईसय करोडका फिल्ममा काम गरेको सानो इन्डस्ट्रीबाट आएको आफ्नो फिल्मलाई पनि उत्तिकै प्राथमिकता दिएर काम गरेको सेनले भनाई छ । फिल्मको सम्पादन सकिएको तस्विरका साथ सेनले सञजलमा पोष्ट गर्दै आफ्नो फिल्मलाई सञ्जयले मुक्त कण्ठले फिल्मको लोकेशन, कलाकार र सिङ्गो फिल्मको तारिफ गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का,क्रिस्टना गुरुङ, मनिष राउत, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ । ‘प्रेमगीत–३’ ऐतिहासिक प्रेमकथामा बनेको फिल्म हो ।