गुरुङ फिल्म पनि अव टिभीमा हेर्न पाइने

हलमा च्यारिटी शो तथा युटुवमा रिलिज हुदै आएका गुरुङ फिल्म अव दर्शकले टिभीमा पनि हेर्न पाउने भएका छन् । मेगा म्याक्स टेलिभिजन प्रालि र गुरुङ फिल्म वितरण कम्पनी मुनाल फिल्म्स प्रालिबीच फिल्म प्रदर्शन सम्झौता भएपछि टिभीमा आउन लागेको हो ।

फिल्म यहि साउन १ गतेदेखि गमेगा म्याक्स टेलिभिजन नेटवर्कको च्यानलमार्फत प्रसारण हुने कुरा सम्झौतामा भनिएको छ भने अन्य दर्शकले म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा फिल्म हेर्न पाउनेछन् ।

केहि दिन अघि मुनाल फिल्म्स प्रालिका अध्यक्ष भोजबहादुर गुरुङ र टिभीका तर्फबाट कानूनी अधिकृत शम्भुकुमार आचार्यले सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यस कारण साउन १ गते भोजबहादुर गुरुङ निर्देशित फिल्म मैरिमो प्रदर्शन हुदैँछ ।