दिवाकार र दीपिकाले थाले सहकारी व्यवसाय

कोरोना महामारीका कारण फिल्मको छायांकन नहुनेभएपछि कलाकारहरु वैकल्पिक व्यवसाय अँगाल्न थालेका छन् । अभिनेत्री दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईले वित्तिय सहकारी व्यवसाय थालेका हुन् ।

विहिबार ललितपुर कुमारीपाटीमा सहकारीको आउटलेट शुभारम्भसँगै नयाँ व्यवसाय सुरुवात गरेका छन् । दिवाकारले सामाजिक सञ्जालमार्फत शो कुराको जानकारी दिएका हुन् ।

पछिल्लो समय फिल्म ‘तिमीसँगै हुने मन छ’ को तयारीमा जुटेका दिवाकर फिल्मको छायांकन नहुने जस्तो देखेपछि यता लागेको बताएका छन् । कोरोना महामारी सामान्य भएपछि मात्र छायांकनमा जाने तयारीमा छन् । अहिले प्रि–प्रोडक्सन सकिएको उक्त फिल्म छायांकन गर्ने तयारीमा छ ।

दिवाकरको निर्माण एवं निर्देशन हुने उक्त फिल्म छायांकनमा जाने तयारीमा भएको बेला निषेधाज्ञा सुरु भएको थियो । जुन अनिश्चितकालका लागि छायांकन स्थगित भएको छ ।