सलमानको ‘अन्तिम : द फाइनल टुथ’को सुटिङको तयारी
कोरोना भाइरसको त्रास र सरकारले गरेको निषेधाज्ञाका कारण छायांकन रोकिएको ‘अन्तिम ः द फाइनल टुथ’ को सुटिङ फेरि सुरु गर्ने भएको छ । अभिनेता सलमान खान अभिनित यस फिल्मलाई महेश मान्जरेकरले निर्देशन गरिरहेका छन् ।
फिल्मको सुटिङ गत वर्ष सुरु भएता पनि र कोरोनाको कहरका कारण पुरा हुन पाएको थिएन । अहिले यस फिल्मको बाँकी सुटिङ मुम्बईमा गर्ने निर्माण पक्षले जानकारी दिएको छ । यस फिल्म युनिट सुटिङको लागि विगत ४ दिनदेखि तयारी भइरहेको छ भने सुटिङ मुम्बईको कमालिस्तान स्टुडियोमा हुने बताइएको छ ।
यस फिल्ममा सलमानका बहिनी ज्वाई आयुष शर्मा पनि मुख्य भूमिकामा छन् । आयुषले फिल्ममा ग्याङ्स्टारको भूमिका निर्वाह गरेका कारण सलमानको भावनात्मक रुपमा जोडिएका छन् । फिल्ममा सलमान,आयुषको अलवा प्रज्ञा अग्रवाल र जिशु सेन गुप्ताको अभिनय गरेकोकाा छ भने यो फिल्म सलमान खान फिल्म प्रोडक्सनले नै निर्माण गर्न लागेको हो ।
प्रतिक्रिया