चलचित्र विकास बोर्डले ओस्कार अवार्डमा मनोनयन हुने फिल्मलाई ८ लाख दिने
चलचित्र विकास बोर्डले ओस्कार अवार्डमा मनोनयन हुने तथा जित्ने नेपाली फिल्मलाई आठ लाख रुपैयाँ दिने भएको छ ।
सरकारले विश्व फिल्म फेस्टिभल र अवार्डमा मनोनित हुने फिल्मलाई अनुदान राशीको घोषणा गरेको हो ।
फिल्मको अन्तर्राष्टिय बजार प्रवद्र्धन गर्ने उद्देश्यले बोर्डले अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा जाने फिल्मलाई सहयोग गर्ने निर्णय गरेको हो । बोर्डले कार्यविधि बनाएर नै सहयोग गर्न लागेको हो ।
बोर्डले ‘वल्र्ड सिनेमा’मा उपस्थिति जनाउने फिल्म वा फिल्मकर्मीलाई सरकारको तर्फबाट हैंसे गर्ने उद्देश्यसहित यो प्रस्ताव पास गरेको हो ।
फिल्मकर्मीहरुले सरकारी तवरबाट विदेशमा नेपाली फिल्मको बजार प्रवद्र्धनका लागि कुनै पनि सहयोग नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका कारण त्यसलाई संबोधन गर्दै विभिन्न फेष्टिभलमा जाने फिल्मलाई कार्यविधी नै बनाएर सहयोग गर्ने भएको हो ।
फिल्म फेस्टिभल कान्स, बर्लिन, लोकार्नो, भेनिस, टोरन्टो, सन्डान्स लगायत फेस्टिभलमा सहभागी हुने फिल्मकर्मीलाई १ लाखदेखि साढे २ लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउने बोर्डको कार्यविधीमा उल्लेख छ । भारत तथा सार्क फिल्म फेस्टिभलमा सहभागी हुनेलाई ७५ हजार रुपैयाँ दिने भएको छ ।
“यो सुरुआत मात्रै हो । सुरुआत गरेपछि विस्तारै बजेट हुँदा यसको रकम बढाउँदै जान सकिन्छ,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, “अहिले बोर्डको स्रोत नभएका कारण रकम थोरै भयो होला सहज भएपछि प्रोत्साहन रकम बढाउन सकिन्छ ।”
अन्तर्राष्टिय बजारमा नेपाली फिल्मको बजार प्रवद्र्धन गर्न फिल्मकर्मीहरुलाई प्रोत्साहन गर्नु नै मुख्य उद्देश्य रहेको बोर्ड सदस्य अर्जुनकुमार बताउँछन् । “फेष्टिभलको वेट अनुसार हामीले प्रोत्साहन रकम दिने व्यवस्था गरेका छौं,” उनी भन्छन्, “सुरुआत हुनु नै ठूलो कुरा हो । यसलाई अझै प्रभावकारी कसरी बनाउने अब भोलिका दिनमा सोच्न बाटो खुलेको छ ।”
‘फिल्मको अन्तर्राष्ट्रिय प्रवद्र्धन कार्यविधि’ बनाएर नै सहयोग पाउने फेस्टिभलहरू सूचीकृत गरिएको र कार्यविधिमा सूचीकृत भएका फेस्टिभलले मात्र बोर्डको सहयोग पाउने जनाएका छन् ।‘विदेशका फिल्म फेस्टिभलमा सहभागी भइरहने फिल्मकर्मी साथीहरूकै सुझावमा यो कार्यविधि बनाइएको हो ।
चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने सम्बन्धी कार्यविधि, २०७७
प्रतिक्रिया