चर्चित अमेरिकी गायिका ब्रिट्नी स्पियर्सको अनुरोध अदालतद्वारा अस्वीकार, बुबा नै उनको सम्पत्तिको संरक्षक रहने

एक अमेरिकी न्यायाधीशले चर्चित गायिका ब्रिट्नी स्पियर्सको बाबुलाई उनको संरक्षकबाट हटाउने माग अस्वीकार गरेका छन्।

गत वर्ष नोभेम्बरमा स्पियर्सका वकिलले लस एन्जलिसको अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउन याचिका दायर गरेका थिए।

गायिका स्पियर्स आफ्नो बुबाबाट डराएको र त्यसैले सन् २००८ देखि एकल संरक्षकको भूमिकामा रहेका उनलाई हटाउन चाहेको बताइएको थियो।

स्पियर्सको अनुरोधलाई अस्वीकार गरिए पनि त्यो निर्णय गायिकाले गत साता अदालतलाई दिएको २३ मिनेट लामो विस्फोटक बयानको सुनुवाइ नभएको बताइएको छ।