सीताको भुमिकाको लागि करिना १२ करोडको डिमाण्ड

बलिउड अभिनेत्री करीना कपूरले फिल्म ‘सीता’को भूमिकाको लागि १२ करोड मागेकी छन् । जस कारण अहिले उनको यहि फिल्मको भन्दा पनि पारिश्रमिकको चर्चा चलेको छ । उनले कोरोनाकालमा अत्यधिक रकम माग गरेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को विरोध भइरहेको छ ।

धेरै जसोले उनलाई ’सीता’को भूमिका दिन नहुने सुझाव दिइरहेका छ भने कोहीले ठिकै छ भन्ने गरेका छन् । दोस्रोपटक आमा बनेकी करिनाले यस अघि ६ देखि ८ करोड पारिश्रमिक लिदै आएकी थिइन् । तर, दोस्रो सन्तान भएपछि करीनाले १२ करोड मागेको अर्को चर्चा पनि छ ।
उनले आफुले यति ठुलो रकम मागेको या नमागेको भन्ने बारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

तर, आम जनचासोको विषय भने बनिरहेको छ । करीना पारिश्रमिकका कारण चर्चामा आएपछि बलिउड अभिनेत्री तापसी पन्नुले यस विषयमा चासो राखेकी छन् । उनले करीनाको पारिश्रमिकलाई लिएर हल्ला मच्चाउनु भनेको संकिर्ण मानसिकता भएको तर्क गरेकी छन् । उनले करीनाको सपोर्ट गर्दै उनको सट्टामा अरु कसैले त्यति पारिश्रमिक मागेको भए बजारको भाउ बढेको भन्नेको कमी नहुने बताएकी छन् ।

करीना महिला स्टार भएकै कारण पारिश्रमिक माग्दा विवादमा तानिनुपरेको उनको भनाई छ ।‘करीनालाई १२ करोड दिनुहुँदैन ? उनी देशकै सबैभन्दा ठूलो सुपरस्टार हुन् । उनले आफ्नो काम अनुसार पारिश्रमिक माग्नु उनको काम हो, उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । धेरैले उनका कुरामा तर्क वितर्क गरिरहेका छन् । यस फिल्मको अभिनेता सैफ अली खान पनि देखिनेछन् । उनी लंकाका रावणको भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ । अन्य फिल्मका पात्र भने छनोट भइरहेको पनि बताइएको छ ।