माधुरी दीक्षितको लेहंगा मोह, उनका फ्यानले गरे तारिफ

अभिनेत्री माधुरी दीक्षित बेला बेलामा आफ्ना लुक्सका कारण चर्चामा आउने गर्छिन । उनको यो आफ्नै बिषेशता हो भन्दा पनि फरक पर्दैन । त्यस्तै माधुरीले हालै लेहंगा लगाएका केही तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्विरहरुलाई उनका फ्यानहरुले निकै रुचाइएका छन् ।


सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका तस्बिरमा माधुरी कालो र सेतो रंगको लेहंगा लगाएकी छन् । लेहंगामा उनले हिल लगाएकी छन् भने हल्का मेकअप, ओपन हेयर्स, कानमा झुम्काको साथमा यो लुक्स पुरा गरेकी छन् । यसैका कारण अहिले उनका फ्यानहरुले निकै रुचाइरहेका छन् ।
फिल्मबाट पछिल्लो समय टाढा रहेकी माधुरी आफ्ना फ्यानहरुलाई केहि न केहि खुराक दिइरहेकी हुन्छिन् । उनका फिल्म हेर्न नपाएका दर्शकले उनका पहिरनबाटै मनोरन्जन लिइरहेका छन् । उनले तेजाव, रामलखन, परिन्दा, साजन, खलनायक, दिल, बेटा, हम आपकै है कौन, दिलतो पागल है, देवदास लगायत थुपै्र फिल्ममा अभिनय गरेकी माधुरीको अभिनय र नृत्यको चर्चा हुने गरेका छन् ।