बलिउड हलिउड फिल्मको नक्कल नगर्न प्रधानमन्त्रीको सुझाव
फिल्म प्राय कतै न कतै कुनै न कुनै फिल्मबाट कपि गरेको पाइन्छ । थोरै मात्रामा मात्र नयाँ कथावस्तु भेटिन्छन् भने धेरै जसो फिल्ममा कपि कुनै न कुनै दृश्य तानेको पाइन्छ । बलिउड फिल्मको कपि नेपालमा मात्र नभएर पाकिस्तानमा पनि कपि हुने गरेका छन् ।
यसैबीचमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिन्दी फिल्मको नक्कल नगर्न आफ्ना देशका फिल्मकर्मीलाई आग्रह गरेका छन् । हालै एक कार्यक्रमकाबीच हिन्दी फिल्मको नक्कल गर्ने काम छाड्न सुझाव दिएका हुन् ।
इस्लामाबादमा आयोजना भएको सर्ट फिल्म फेस्टिभलमा इमरान खानले पहिला फिल्मको सुरुवातबाट नै हमीले गल्ती गरिरहेको भन्दै अव सुधार्न आग्रह गरेका छन् । उनले भने,‘हामीले फिल्म निर्माणको सुरुवातदेखि नै गल्ती गरेका छौं । पाकिस्तानी फिल्म उद्योग बलिउडबाट प्रभावित भएर यसैको नक्कल गर्न थाल्यौ ।
यसको परिणाम स्वरुप बाहिरी देशबाट नक्कल गर्ने र उनीहरुलाई नै स्विकार गर्ने प्रथा हामी कहाँ बढ्दै गयो । म नयाँ पुस्तालाई यो भन्न चाहन्छु कि, अहिलेको दुनियाँमा आफ्नोपन बिक्छ । नक्कलको कुनै पनि मुल्य छैन ।’
उनले पाकिस्तानी फिल्ममा बलिउड र हलिउडको प्रभाव रहेको भन्दै यसलाई नियान्त्रण गर्न सुझाव दिएका छन् । ‘मानिसहरुले तबसम्म देशका कथाहरुलाई तल्लो नजरले हेर्छन्, जबसम्म यसलाई व्यवसायिक रुपमा बदलिदै, उनले भने ।
प्रतिक्रिया