निशालाई एघार लाख भन्दा बढि सहयोग मेघालाई सम्मान

रंगपत्रकार तथा ‘रजटपट कोसेली’का संयोजक प्रकाश सुवेदीको पहलमा बिरामी परेकी मोडल निशा घिमिरेलाई सहयोग गरिएको छ ।
निशालाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग गरिएको हो । यो सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न कलाकर्मीहरुको पहलमा जुटेको संयोजक सुवेदीले बताए ।

सोमबार भएको कार्यक्रममा निशालाई निःशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । साथै कार्यक्रममा १८ जना कलाकर्मीहरुलाई समते सहयोग गरिएको थियो । टेलिभिजन कार्यक्रम ‘रजतपट’को सहयोग अभियानले हालसम्म ४ सय बढि कलाकर्मीहरु तथा अन्य पीडितलाई राहत वितरण गरिसकिएको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।