लोकगीत प्रतिष्ठानद्वारा बाढीपीडितलाई टिन हस्तान्तरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ ।

प्रतिष्ठानको केन्द्रीय समितिले जिल्ला समितिसँग समन्वय गरेर हेलम्बु–१ र २ का ३२ परिवारलाई ३२ बन्डल जस्तापाता हस्तान्तरण गरेको हो ।


प्रतिष्ठानले आफ्नो खातामा रहेको रकम र अन्य व्यक्तिबाट सहयोग जुटाइ राहत वितरण गरेको हो । प्रतिष्ठान केन्द्रीय समितिको रु एक लाख, महेश रेग्मीले रु एक लाख, बागमती प्रदेश कार्यसमितिको रु २५ हजार, योगेश लामाको पहलमा विभिन्न व्यक्तिबाट रु एक लाख र अन्य नगद र जिन्सी समेत गरी रु पाँच लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

अध्यक्ष बिजी निवर्तमान अध्यक्ष बद्री पङ्गेनी, गायक रमेशराज भट्टराईसहितको टोली राहत लिएर बाढी प्रभावित क्षेत्र पुगेको थियो ।