हाम्रो टीमका सदस्यलाई रिहाई गर्न अभिनेता पलको माग
हाम्रो टिम नेपालका दीमलाई प्रहरीले पक्राउ गरेपछि अभिनेता पल शाहले उनीहरुको रिहाइको माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै सो को माग राखेका हुन् । सरकारी जग्गा कब्जा गरेको आरोपमा पक्राउ परेका १८ जना टिमका सदस्यहरुलाई सरकारले दमन गरेको पनि पलले आरोप लगाएका छन् ।
उनले फेसबुकमा लेखेका छन,‘‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको सिलिन्डरको व्यवस्था गर्दै आएको टिम, भुकम्प, बाढी पहिरो जाँदा दिनरात नभनी देशभर सेवा गर्दै आएको ‘हाम्रो टिम नेपाल’ माथि आज सरकारले दमन गरेको छ । पक्राउ परेका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुर्लाइ चाडो भन्दा चाडो रिहाई गरियोस् ।’
प्रतिक्रिया