‘पारदर्शी ढंगले सहि क्षेत्रमा लगानी गर्नु मेरो कर्तव्य हुन्छ’

अभिनेत्री वर्षा शिवाकोटी सामजिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेकी छन् । उनले बाढिपहिरोले विचल्ली बनाएको सिन्धुपाल्चोकको मेलम्चीबासीको राहतका लागि केहि समय अघि ‘सिन्धु अभियान’ चलाएकी थिइन ।

उनले त्यो पैसा पारदर्शी बनाउने आफ्नो स्पस्ट धारणा राख्दै आएकी छन् । पछिल्लो समय कोभिडका कारण त्यहाँका बालबालिकाहरु पढाईबाट बन्चित हुने अवस्था आएको भन्दै त्यहाँ पनि आफुले ध्यान दिने बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएकी हुन् ।
उनले लेखेकी छन्,‘अहिले सिन्धुपाल्चोकका धेरै वालवालिकाको शैक्षिक सत्र पनि विथोलिएको अवस्था छ । धेरै वालवालिका कोभिड र त्यसपछि प्राकृतिक विपत्तिका कारण अध्ययनबाट विमुख छन् । उनीहरुको भविश्य सुरक्षित बनाउन म केहि योजनामा जुटेकी छु । आशा छ, यसमा तपाईहरुबाट प्राप्त सुझाव र सल्लाहले धेरै नै भुमिका खेल्नेछ ।’

अभिनेत्री वर्षाले एउटा कलाकार हुनुको नाताले मैले पनि त्यहाँ केहि गर्न सकिन्छ कि भनेर अग्रसरता देखाएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । स्वच्छ मानविय भावनाको हिसाबले नै सिन्धुबासी जनताको पिडामा मल्हम लगाउन मेरो अभियान सुरु भएको समेत भनेकी छन् ।
उनले अगाडी लेखेकी छन् ,‘ हेलम्बु,मेलम्ची र चनौटे बजार लगायतका स्थानमा आइपरेको प्राकृतिक विपत्तीको असर त्यो क्षेत्रले अबको एकदशकसम्म भोग्ने निश्चित जस्तै छ ।

एउटा कलाकार हुनुको नाताले मैले पनि त्यहाँ केहि गर्न सकिन्छ कि भनेर अग्रसरता देखाएकी छु । स्वच्छ मानविय भावनाको हिसाबले नै सिन्धुबासी जनताको पिडामा मल्हम लगाउन मेरो अभियान सुरु भएको हो । यसलाई सफल तुल्याउन देश र विदेशबाट धेरैले सहयोग गर्नुभएको छ । जसलाई पारदर्शी ढंगले सहि क्षेत्रमा लगानी गर्नु मेरो कर्तव्य हुन्छ ।’