इरफानको पथमा छोरा बाबिल, शूजित सरकारको नयाँ फिल्म देखिँदै

अभिनेता इरफान खान भारतीय फिल्मको एक दिग्गज कलाकार मानिन्छन् । उनले बलिउडमा कैयौं सम्झनलायक फिल्म दिएका छन् । ‘मकबूल’, ‘हैदर’, ‘हिन्दी मिडियम’ जस्ता कैयौं सुपरहिट फिल्म इरफानका सम्झनलायक फिल्म हुन् ।

गतवर्षको अप्रिलमा निधन भएका बलिउडका दिग्दज कलाकार इरफान खानको छोरा बबिल खान निर्देशक शूजित सरकारको नयाँ फिल्ममा अभिनेताको रुपमा देखिने भएका छन्।

यी अभिनेताको क्यान्सर रोगका कारण ५३ वर्षको उमेरमा गत वर्ष निधन भयो । अहिले यिनै अभिनेताका छोरा बाबिलले बलिउडमा पाइला चालेका छन् । उनले अनुष्का शर्माको प्रोडक्सनमा बनेको फिल्म ‘काला’बाट बलिउड यात्रा सुरु गरेपछि उनको अभिनयको तारिफ गरिएको थियो । बाबिल यतिबेला दोस्रो फिल्ममा काम गरिरहेका छन् ।

इरफानसँग काम गरिसकेका सुजित सरकारले अब फिल्मका निर्माता रोनी लाहिरीले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गर्दै बबिलसँगको आफ्नो नयाँ फिल्मको घोषणा गरेका हुन्।

तस्वीरमा रानी, बाबिल र निर्देशक सुजितलाई देख्न सकिन्छ । यो तस्वीर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरिन् । पोस्टमा इरफानलाई सम्झँदै ‘तपाईंको विरासतलाई अगाडि लिएर आउनु सम्मानको कुरा हो’ लेखेकी छन् ।

बाबिलले पोस्टलाई शेयर गर्दै धन्यवाद व्यक्त गरेका छन् । ‘तपाईंहरुजस्तो दिग्गजका साथ काम गर्न पाउदा म आफूलाई सम्मानित महशुस गरिरहेको छु’, बाबिलले लेखेका छन् ।

इरफानले निर्देशक सुजितसँग फिल्म ‘पीकू’मा काम गरेका थिए । यो फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चनको पनि अभिनय थियो ।