रामजी ज्ञवालीको छलाङ

काठमाडौ : नेपाली रंगपत्रकारहरु समाचारमा मात्र सिमित रहेका छैनन् । उनीहरु पत्रकारितासँगै फिल्म  तथा टेलिचलचित्रका साथै म्युजिक भिडियोमा लेखन निर्देशन गर्दै आएका छन् । लामो समय देखि रगंपत्रकारिता गर्दै आएका रामजी ज्ञवाली पछिल्लो समय छोटो फिल्म तथा म्युजिक भिडियो निर्माणमा पनि व्यस्त रहेका छन् ।

उनले यो वर्ष मात्रै १० वटा भन्दा बढि छोटो फिल्म  निर्माण गरेका छन् । उनले कोरोनाका कहर तथा निषेधाज्ञाको समयमा  ‘लकडाउन,डार्कमुन,एकलभर,यात्रा,रङ नम्बर, को हौ तिमी’ लगायत एक दर्जन छोटो फिल्म दर्शकमाझ पस्किएका छन् ।  आफ्नै लेखन तथा निर्देशनमा निर्माण गरेका छोटो फिल्मले  दर्शकको मन जिते छ ।

लकडाउनको सदुपयोग

गत वर्ष कोरोना त्रासका कारण सरकारले देशभर लकडाउन लगायो । त्यसको मारमा अन्य साथीहरु जस्तै म पनि परे । रंग क्षेत्रमा कलम चलाउने भएका कारण त्यति धेरै हिडडुल गर्न आवश्यक थिएन । किनभने कलाकारहरु घरमा नै सिमित रहेका थिए भने कसैलाई भेट्न निकै डराउनुपर्थो । कलाकारहरु बाहिर हिडडुल गरिरहने भएकाले निकै जना कोरोना संक्रमित पनि हुनुभयो । त्यस बेलामा मैले साथीहरुसँग मिलेर छोटो चलचित्र निर्माण सुरु गरे । लकडाउनको समयमा बोर लागेका दर्शकले केहि मनोरञ्जन दिउँ भन्ने लाग्यो ।
पहिलो छोटो फिल्मले दर्शकको मन जितेपछि विस्तारै अन्य निर्माण गर्दै गएँ । पहिलो छोटो फिल्मले दर्शकको मन जितेपछि विस्तारै अन्य निर्माण गर्दै गए । मैले एक वर्षको अवधिमा १० वटा भन्दा बढि छोटो फिल्म तथा ३ वटा म्युजिक भिडियो निर्देशन गरेँ । जुन मेरो लागि खुसीको कुरा त हुने नै भयो धेरैले मलाई फिल्ममा पनि निर्देशन गर्न सक्छस् है भन्ने आँट दिनभएको छ । मेरो विधा पत्रकारिता भएता पनि खाली समयको सदुपयोग यताबाट गरेको हो । हामी युवा उर्जावान हुनुुपर्छ भन्ने भनाई छ नि हैन ?

फरक फरक काम गर्न रुचाउँछु

जिवनमा धेरै कुराको अनुभव लिनुपर्छ भन्ने कुरा छ । मैले पनि त्यसै गरेको हो । अर्का कुरा जिवनमा मान्छेले एउटै काम गरिराख्नुपर्छ भन्ने कतै लेखेको छैन । कसैले भनेको पनि छैन । मनोरन्जन पत्रकारितासँगै मलाई कलाकारितमा पनि केहि गरौँ न भन्ने जोस मात्र चलेको हो । मेरो कर्म भनेको पत्रकारिता नै हो । मैले मनोरञ्जनमा कलम चलाइरहँदा खेरि यता पनि काम गर्न इच्छा जागेको हो । मलाई सानैबाट पनि कलाकारितामा आउन मन थियो तर समयले पत्रकारितामा धकेलिदयो ।
सरकारले निषेधाज्ञा हटाए लगत्तै एउटा म्युजिक भिडियोको छायांकन सकाइसकेको छु । यो राष्ट्रियभावको गीत हो । जसको निर्देशनमा मेरो नै छ । त्यसँगै हामी र हाम्रो समाजसँग नजिक रहेका केहि विषयमा छोटो चलचित्रको निर्माण गर्नेकुरा फाइनल भएको छ ।
हामीले दोस्रोचरणको लकडाउन हुनुअघि थाइल्याण्ड र दुबईमा युथ एचिभमेन्ट अवार्ड कार्यक्रमको आयोजना गर्ने फाइनल भएको थियो । तर, कोरोना महामारीका कारण समयमै आयोजना गर्न सकेका छैनौँ । निषेधाज्ञा खुल्नासाथ रोकिएका हरेक कामहरु धमाधम सुरु गर्ने योजनामा रहेको छु । त्यस बेलाको कार्यक्रमको तयारी पनि यो निषेधाज्ञाको समयमा गरिरहेको छु ।

मलाई ठुलो व्यानरको फिल्म निर्माण गर्ने सोच छ । तर, सोच राखेर मात्रै हुँदैन । विस्तारै त्यसको अध्ययन गरेर नै ठुलो फिल्म निर्माण गर्ने विचारमा छु । अहिले बनेका चलचित्र जति ठुलो काम, उति धेरै साधना र मिहेनत जरुरी छ । भविष्यमा ठुला चलचित्र निर्देशन अवश्य गरिन्छ र समयले साथ दियो भने त्यो असम्भव छैन । तर, अहिले तुरुन्तै त्यसको तयारी गरेको छैन । तथापी, निकट केहि चलचित्रकर्मी साथिभाईहरुले फिल्मको निर्देशकको रुपमा देख्न खोजिरहेको र त्यसका लागि उहाँहरुले स्क्रिप्ट पढ्न दिइरहनुभएको हिसावले यो पनि छिट्टै पुरा हुन सक्छ भन्ने छ । तर, म आफैले भन्नुपर्दा कोरोना महामारी सहि तरिकाले नहट्दासम्म र फिल्म उद्योग सामान्य अवस्थामा नफर्किनेबेलासम्म यसको काम थालनी गर्दिनँ ।

फिल्मको भविष्य

मन चसक्क पार्ने किसिमको छ । यो उद्योगसँग नजिक रहेका सबैले बुझुनुभएको छ । मैले बुझेअनुसार नेपालका चर्चित मल्टिप्लेक्स धमाधम बन्द भइरहेका छन् । जानकारीमा आएअनुसार नेपालभरका झण्डै ५० वटा हल बन्द भएका छन् । करोडौंका चलचित्र निर्माण भएर प्रदर्शन हुनबाट रोकिएका छन् । कतिपय चलचित्रका काम बिचमै रोकिएका छन् । सरकारले बार्षिक करोडौं कर प्राप्त गर्ने यो क्षेत्रबारे उ बेखबर छ । मतलब छैन । सरकारी तवरबाट हेलामा परेपनि आफ्नै किसिमले संघर्ष गरिरहेको यो उद्योग छिट्टै नर्मल अवस्थामा आउनेछ भन्ने मैले अपेक्षा गरेको छु । आशा गरौं, कोरोना महामारी छिट्टै हराउने छ र हामी उहि पुरानै काममा नयाँ तरिकाले फेरी लाग्नेछौं ।

पत्रकारिता यात्रा

गुल्मीको रुरु एफएमबाट पत्रकारितामा पाइला चालेका ज्ञवालीले त्यसपछि बुटवलको दैनिक जनसंघर्षबाट पत्रकारितालाई मुल पेशा बनाएर अघि बढ्ने निर्णय गरे । उक्त पत्रिकापछि उनले बुटवल टुडे, दैनिकपत्र, रेडियो रिपव्लिक, रेडियो जागरण, बुद्ध टेलिभिजन लगायतका मोफसलका नाम चलेका मिडियामा कार्यरत रहे । त्यसपछि उनले केन्द्रमा छलांङ मारे ।

काठमाडौं पुगेपछि ज्ञवाली नयाँ पत्रिका दैनिकमा डेक्स, कान्तिपुर मिडियागु्रपको मनोरन्जन विभाग प्रमुख सम्मको जिम्मेवारी वहन गरिसकेका उनी चर्चित अनलाइन पत्रिका लोकान्तरको मनोरन्जन डेक्स प्रमुख समेत भइसकेका छन् । एक दशक लामो पत्रकारितापछि ज्ञवाली अहिले आफ्नै कम्पनी राम्रो इन्टरटेनमेन्ट संचालन गरिरहेका छन् ।

उनी आफै अंग्रेजी माध्यमको इन्टरटेनमेन्ट साइट द सेलिब्रेटी टाइम्स पनि संचालन गरिरहेका छन् । ज्ञवालीको परिचय पत्रकारितामा मात्रै सिमित रहेन, अहिले उनी निर्देशनबाट समेत चिनिएका छन् ।

वास्तबमै, बुटवलमा मात्रै होइन मोफसलका संचालित पत्रपत्रिकाहरु र मिडियाहरुले मनोरन्जन पत्रकारितालाई खासै राम्रो स्थान दिने गरेको अवस्था थिएन । हुन त म भन्दा अघि पनि धेरैले त्यस विषयमा समाचार सम्प्रेषण नगरेको होइन तर मैले बुटवलमा हुँदा बिट पत्रकारितालाई अलिकति बढि जोड दिएँ । बुटवलमा रहेर समग्र लुम्बिनीका कलाकार र स्थानियस्तरमा हुने मनोरन्जनका कार्यक्रमका गतिविधीलाई गहिरोसँग विश्लेषण र समाचार सम्प्रेषण गरेपछि एक हिसावले धेरैले मेरो कामलाई प्रशंसा गर्नुभयो ।

अहिले पनि बाहिरका कलाकारहरु अथवा स्थानिय स्तरमा रहेर कलाकारिता गरेका कलाकारहरुलाई त्यहाँका मिडियाले कलाकार नमान्ने जुन स्थिती छ, त्यो राम्रो होइन । तर, मैले त्यसो गहिल्यै गरेन । बुटवल होस् या केन्द्रमा रहेर कलाकारिता गर्ने कलाकार, सबैलाई उहि तरिकाले नजर स्थापित गरेँ । बुटवलमा रहेर लोकल कन्टेन्टमा मात्रै होइन केन्द्रका कलाकारहरुसँग पनि सम्बन्ध बनाइराखेको थिएँ । स्थानिय पत्रपत्रिकामा काठमाडौंमा रहेका चर्चित कलाकारहरुसँग सम्बन्ध बनाउने कुरा त्यसबेला समान्य थिएन ।

विस्तारै अब काठमाडौंबाट मनोरन्जन पत्रकारिताको जग बसाल्नुपर्छ भन्ने सोच आएपछि केन्द्र छिरेको हुँ । काठमाडौंमा आउनासाथ संघर्षका कथा र व्यथा आफ्नै किसिमका छन् । काठमाडौं सपनाको शहर भनिएपनि यो शहरमा आफ्ना सपना पुरा गर्न कसैको सहयोग नहुनु, खुट्टा तान्न खोज्नु लगायतका समस्याका बाबजुद पनि निरन्तर संघर्ष गरिरहें, त्यसले मलाई अघि बढ्न मद्धत गरेको हो । जव मान्छेले कर्मलाई वढि विश्वास गर्छ त्यसलाई सुरुमा कुनै अफ्ट्यारो आइपरेपनि त्यसपछिका दिनहरु निकै उज्याला र आशलाग्दा हुनेरहेछन् । भनेजस्तै भयो, सोचेजस्तै भयो । निरन्तर कामहरु गर्दै गएपछि विगतका समस्याहरु टाढा हुँदै गए, अहिले राम्रो छ ।